आज विश्व अटिजम सचेतना दिवस

काठमाडौँ, १९ चैत – आज विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। मस्तिष्क विकाससँग सम्बन्धित अवस्थाका रूपमा चिनिने अटिजमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। विशेषज्ञहरूका अनुसार अटिजम भएका व्यक्तिहरूले सामान्यभन्दा फरक ढङ्गले व्यवहार गर्ने, बोल्ने तथा सोच्ने प्रवृत्ति देखाउँछन्।

उनीहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। संयुक्त राष्ट्रसङ्घ को आह्वानमा सन् २००७ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो। यस वर्ष पनि अटिजम भएका व्यक्तिको योगदान र अधिकारको सम्मान गर्दै समाजमा समान अवसर सुनिश्चित गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरिएको छ।

यस अवसरमा एन्टोनियो गुटेरेस ले सन्देश जारी गर्दै मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनमार्फत अटिजम भएका व्यक्तिहरूको समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।

Facebook Comments Box