नेपाल राष्ट्र बैंकले २९ वटा बैंकलाई ११ अर्ब ८४ करोड रुपैयाँ पुनर्कर्जा बाँड्न स्वीकृति

काठमाडौं, १४ पुस – नेपाल राष्ट्र बैंकले २९ वटा बैंकलाई ११ अर्ब ८४ करोड रुपैयाँ पुनर्कर्जा बाँड्न स्वीकृति दिएको छ। मंसिर मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले विशेष र साधारण पुनर्कर्जा गरी उक्त रकम बाँड्न स्वीकृति दिएको हो।

सरकारले ऋणीहरुलाई पुनर्कर्जा सुविधा प्रदान गर्ने निर्णयअनुसार बैंकहरुमार्फत राष्ट्र बैंकले सहुलियत प्रदान गर्नुपर्ने हुन्छ। यसअन्तर्गत विशेष पुनर्कर्जा लिने ऋणीहरु १५ जना छन्। जसले २ अर्ब ४५ करोड रुपैयाँ पाएका छन्। त्यो सहुलियत १० वटा बैंकमार्फत प्रदान भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै साधारण पुनर्कर्जा पाउने ऋणीहरु ७६ रहेका छन्। जसले ९ अर्ब ३८ करोड रुपैयाँ सहुलियत पाएका छन्। सो सहुलियत २८ वटा बैंक तथा वित्तीय संस्थाबाट वितरण भएको छ।

Facebook Comments Box