सिरहामा जारी निषेधाज्ञा हट्यो : जनजिवन सामान्य बन्दै
सिरहा, १४ पुस गते – सिरहामा जारी निषेधाज्ञा हटाइएको छ। जिल्लाको अवस्था सामान्य बन्दै गएपछि आज बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिएका छन्।
औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा स्थानीय युवा मिथिलेश यादव पक्राउ परेपछि सिके रावत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरेको थियो ।
आन्दोलनका क्रममा जनमत पार्टीका १८ कार्यकर्ता पक्राउ परेका थिए । उनीहरुलाई स्थानीय प्रशासन र यादवलाई जिल्ला अदालत धनुषाको आदेशमा हिजै रिहा गरिएको छ । औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो।
Facebook Comments Box

