हालसम्म एक करोड भन्दा धरै जनाले पूर्ण मात्रा खोप लगाए
काठमाडौं , १२ पुस – पछिल्लो २४ घण्टामा पाँच लाख ६८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।
त्यस्तै, हालसम्म एक करोड एक लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र एक करोड ३५ लाख ७६ हजार ७९२ जनाले एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box

