काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई भोलि देखि लगाउने भनेको फाइजर खोप अभियान स्थगित
काठमाडौं, १२ पुस – सरकारले काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई भोलि देखि लगाउने भनेको फाइजर खोप अभियान तत्कालका लागि स्थगित गरेको छ। खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएपछि अभियान स्थगित गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाले जनाएको छ।
खोपका लागि सिरिञ्ज अभाव भएपछि अभियान नै स्थगित गरिएको खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए। ‘खोप लगाउने सिसिञ्ज नहुँदा अभियान स्थागित गरेका हौँ,’ दाहालले भने, ‘केही दिनमै सिरिञ्ज ल्याएपछि अभियान सुरु गर्ने छौँ।’
स्वास्थ्य मन्त्रालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको छ। बालबालिकालाई विद्यालयमै खोप लगाउने व्यवस्था सरकारले मिलाएको छ।

