दूधकोसी हाइड्रोपावरमा पाइप पड्किँदा दुईजना मजदुरको मृत्यु

सोलुखुम्बु, १२ पुस – सोलुखुम्बुमा निर्माणाधिन दूधकोसी हाइड्रोपावरमा पाइप पड्किँदा दुईजना मजदुरको मृत्यु भएको छ। घटनामा अर्का एक मजदुर गम्भीर घाइते भएका छन्।

आइतबार दिउँसो थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा घटना भएको प्रहरीले जनाएको छ। फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए।

घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते एक जनालाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments Box