आज छैटौं चरणको अन्तिम खेल सातदोबाटो र जावलाखेल युथ क्लब बीच हुँदै

काठमाडौं, १२ पुस – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार छैटौं चरणको अन्तिम खेल हुँदै छ। छैटौं चरणको अन्तिम खेलमा सातदोबाटो र जावलाखेल युथ क्लबबीच दशरथ रंगशालामा दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ।

सातदोबाटोले लिगमा अहिलेसम्म खेलेको पाँच खेलमध्ये २ खेलमा जित र २ खेलमा बराबरीसहित ८ अंक हात पारेको छ भने जावलाखेलले १ खेलमा जित र १ खेलमा बराबरीसहित ४ अंक हात पारेको छ। सातौं चरणको खेल आगामी शुक्रबारदेखि सुरु हुनेछ।

Facebook Comments Box