एकता जोगाउन नसकेकोमा दुवै पक्षले समीक्षा गर्नुपर्ने : एमालेका महासचिव शंकर पोखरेल

काठमाडौं, ११ पुस – नेकपा एमालेका महासचिव शंकर पोखरेल तत्कालीन नेकपाको एकता जोगाउन नसकेकोमा दुवै पक्षले समीक्षा गर्नुपर्ने बताएका छन्।

माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहलाई आइतवार प्रज्ञा भवनमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘हामी एमाले र माओवादी केन्द्र बलियो वामपन्थी दल बनाउने संकल्पसहित देशव्यापी रुपमा चुनाव लड्यौँ’, उनले भने, ‘तर जनताको भावनालाई सम्बोधन गर्दै नेकपाको रक्षा गर्न सकेनौँ। हामी दुवै पक्षले यसको समीक्षा गर्न जरुरी छ।’

उनले समाज बदल्ने कुरामा मिल्न सक्ने तर विकास र समृद्धिका कुरामा मिल्न नसक्ने कारण खोज्नुपर्ने पनि बताए। ‘समाज बदल्ने कुरामा हामी मिल्न सक्ने तर विकास र समृद्धिका कुरामा मिल्न नसक्ने कारण अब खोजी गर्नु पर्छ’, उनले भने, ‘चुनाव जित्यौँ र सकरार पनि बनायौ, तर त्यो एकता किन टिकाउन सकेनौँ? कमजोरी कसका रहे। यसको दुवैले खोजी गरौँ।’

Facebook Comments Box