काठमाडौँ उपत्यकामा १ सय ८ जना सहित देशभर थप २१९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ११ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ८ जना सहित देशभर थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७७, भक्तपुरमा ८ र ललितपुरमा २८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार १८० आरटी पीसीआर तथा २ हजार ४९७ एन्टीजेन परिक्षण सहित ९ हजार ६७७ जनाको परिक्षण गर्दा थप २१९ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ४२३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २८३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १० हजार ७१० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५८५ रहेको छ

