१९ एशिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशले नेपाल सामु २ सय ९८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, ९ पुस – यु १९ एशिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशले नेपाल सामु २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। संयुक्त अरब एमिरेन्ट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रनको योगफल तयार पारेको हो।

नेपालका लागि गुलसन झा, तिकल भण्डारी र मोहम्मद आदिल अलामले समान एक विकेट झारे। ९ ओभर बलिङ गरेका दुर्गेश गुप्ताले ५९ रन खर्चे। विकेक यादवले ३ ओभरमा ३१ रन दिए।

बंगलादेशका प्रन्तिक नरोज नविल १ सय २७ रनमा नटआउट रहे। ११२ नको सामना गरेका उनले ११ चौका र १ छक्का हाने। एमडी फहिम ५८ रनमा रिटार्यड हर्ट भए। आइच मोलान २२, इफ्ताखेर हुसेन र एसएम मेहेरोबले समान २१ रन थपे। नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ।

Facebook Comments Box