काठमाडौँ उपत्यकामा १ सय ४६ जना सहित देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ४६ जना सहित देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १२ हजार ४७३ आरटी पीसीआर तथा ४ हजार ६१६ एन्टीजेन परिक्षण सहित १७ हजार ८९ जनाको परिक्षण गर्दा थप २९० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ९ हजार ३८७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५७७ रहेको छ

Facebook Comments Box