८ सहमहामन्त्री मध्ये ६ वटामा देउवा समूहका र २ जना कोइराला समूहकाे विजयी

काठमाडौँ, २ पुस – मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत पार्टी कार्यालय सानेपामा भर्खरै सकिएको मतगणनामा यादव निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ। यादव सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए।

उनले शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरेका हुन्। महेन्द्रले २०२६ मत ल्याउँदा रामकृष्णले १८२० मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ। यस्तै रन्जित कर्णले ४७२ मत पाए।

८ सहमहामन्त्री मध्ये ६ वटामा देउवा समूहका उम्मेदवार निर्वाचित भएका हुन्। २ जना सहमहामन्त्रीमा कोइराला समूहले विजयी प्राप्त गर्यो। योसँगै सहमहामन्त्रीको पनि मतगणना सकिएको छ। आजै साँझबाट केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने निर्वाचन समितिले जानकारी दिएको छ।

Facebook Comments Box