काठमाडौँ उपत्यकामा ८७ जना सहित देशभर थप १८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८७ जना सहित देशभर थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६२, भक्तपुरमा ५ र ललितपुरमा २० जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २३० आरटी पीसीआर तथा ३ हजार ७८८ एन्टीजेन परिक्षण सहित ११ हजार १८ जनाको परिक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ ।

यसैगरी,पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५६७ रहेको छ ।

Facebook Comments Box