नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौँ, १ पुस – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार दिउँसो भएको मतगणनामा थापा र शर्मा विजयी भएका हुन्।

महामन्त्री निर्वाचित दुबै संस्थापन इतर समूहका हुन्। थापा शेखर कोइराला समूहबाट महामन्त्री उम्मेदवार बनेका थिए। यस्तै शर्मा प्रकाशमान सिंह समूहबाट बनेका थिए। थापाले सर्वाधिक पाएका छन्। शर्माले दोस्रो सर्वाधिक मत ल्याए।

गगन कुमार थापा ३ हजार २३ मत ल्याएका छन्। विश्व प्रकाश शर्मा १९८४ मत ल्याए। शेरबहादुर देउवा पक्षका प्रकाश शरण महत १५५६ ल्याउँदा प्रदिप पौडेल १३९३ मत ल्याए। मिनेन्द्र रिजाल ८०९ ले मत र राजाराम कार्की १०६ ल्याउन सके।

Facebook Comments Box