३२८२ मत गनिसक्दा देउवा- १५५६, शेखर- ११९७ मत प्राप्त
काठमाडौँ, २८ मङ्सिर – काँग्रेस सभापति पदको मतगणनामा अहिलेसम्म ३२८२ मत गनिसक्दा देउवाले १५५६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ र प्रकाशमान सिंहले २५७ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १७ मत मात्र प्राप्त भएको छ ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।
Facebook Comments Box

