पहिलो चरणमै सभापति पदको छिनोफानो नहुने सम्भावना बढ्याे
काठमाडौँ, २८ मङ्सिर – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार अबेर राति काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ।
कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार खसेको कूल कूल ४, ६७९ मतमध्ये ३१८१ मत गनिसकिएको छ। योसँगै पहिलो चरणमै सभापति पदको छिनोफानो नहुने निश्चित भएको छ।
किनकि सबैभन्दा अगाडि रहेका देउवाले अहिलेसम्म १५०६ मत ल्याएका छन्। उनले जित्न अझै ८३४ मत ल्याउनुपर्ने हुन्छ। तर अब गन्न बाँकी १४९८ मत मात्र बाँकी छ।
शेखर कोइराला पनि पछिपछि तथा अन्य तीन उम्मेदवारलाई पनि मत बाँडिइरहेकाले देउवाले जित्ने सम्भावना निकै कम देखिएको छ। कसैल पनि ५१ प्रतिशत मत नल्याए आजै साँझ पुनः मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको छ।
Facebook Comments Box

