काठमाडौँ उपत्यकामा १२८ जना सहित देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२८ जना सहित देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९, भक्तपुरमा ७ र ललितपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ४७२ आरटी पीसीआर तथा ४ हजार १५ एन्टीजेन परिक्षण सहित १० हजार ४८७ जनाको परिक्षण गर्दा २९८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार ५१४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५५२ रहेको छ ।

Facebook Comments Box