काठमाडौँ उपत्यकामा १ सय ५० जना सहित देशभर थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ५० जना सहित देशभर थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ सय १९, भक्तपुरमा २ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ९१९ आरटी पीसीआर तथा १ हजार ८८० एन्टीजेन परिक्षण सहित १२ हजार ७२७ जनाको परिक्षण गर्दा ३१६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार १८० रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २५९जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ३ हजार १८६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५२९ रहेको छ ।

Facebook Comments Box