काठमाडौँ उपत्यकामा १ सय २० जना सहित देशभर थप २९६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय २० जना सहित देशभर थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९१, भक्तपुरमा १० र ललितपुरमा १९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ७७७ आरटी पीसीआर तथा १ हजार १९५ एन्टीजेन परिक्षण सहित ८ हजार ९७२ जनाको परिक्षण गर्दा २९६ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ८५३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ । यसैगरी, पछिल्लो २४घण्टामा थप ३६९ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४९४ रहेको छ ।

