काठमाडौँ उपत्यकामा ११३ जना सहित देशभर थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २८ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११३ जना सहित देशभर थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ८ आरटी पीसीआर तथा १ हजार ५९८ एन्टीजेन परिक्षण सहित ९ हजार ६६० जनाको परिक्षण गर्दा थप ३०६ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४७७ रहेको छ

