जेनजी प्रदर्शनपछि निस्केका सिसाजन्य फोहर अलग राख्न महानगरको आग्रह
काठमाडौँ, २७ भदौ – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाबाट निस्केका सिसाजन्य फोहरलाई अन्य फोहरसँग नमिसाउन सबैलाई आग्रह गरेको छ।
कामपा वातावरण विभागकी प्रमुख सरिता राईले जारी गरेको सूचनामा भनिएको छ, “सिसाजन्य फोहरलाई सामान्य फोहरसँग मिसाएर ल्याण्डफिल साइटमा पु¥याउँदा समस्या हुने भएकाले घर वा कार्यालय परिसरमै छुट्टै सङ्कलन गरी सुरक्षित राख्न आवश्यक छ।”
महानगरका अनुसार सडक सफा गर्ने काम सकिनै लागेको र त्यसपछि निजी तथा सरकारी कार्यालय र घरपरिवारबाट निस्केका फोहर सङ्कलनको काम सुरु गरिनेछ। यसबीच, विभिन्न सङ्घ–संस्थाले कामपालाई फोहर व्यवस्थापनमा सक्रिय हुन आग्रह गरिरहेका छन्।
Facebook Comments Box

