करेन्ट लागेर दुई जनाको मृत्यु

सुनसरी, २८ कात्तिक – सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। शनिबार दुई छुट्टाछुट्टै ठाउँमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका-१० वसियन पार्कका ४५ वर्षीय धनप्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका-१० घर भई हाल इटहरी उपमहानगरपालिका-१७ मा अवस्थित दिदिको घरमा बस्दै आएको १४ वर्षीय दगेन्द्र तिमल्सिना छन्।

शनिबार दिउँसो घरको पिलर बनाउने क्रममा भाइब्रेसन मेसिनबाट करेन्ट लाग्दा घाइते भएका तामाङको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तिमल्सिनाको भने स्थानीय नहरको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

Facebook Comments Box