संखुवासभा हत्या प्रकरण : आवेशमा चिर्पट दाउराको प्रहारबाट परिवारको हत्या

संखुवासभा, २७ भदौ – संखुवासभाको मादी नगरपालिका १ खाचेलागाउँमा भएको एकै परिवारका ६ जनाको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। आइतबार चैनपुरमा पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको हो।

५५ वर्षीय तेजबहादुर कार्की, ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, ३२ वर्षीया रन्जना कार्की, ८ वर्षीय विपिन भन्ने दिपेन्द्र कार्की, ५ वर्षीया गोमा कार्की र ८४ वर्षीया पार्वता कार्कीको हत्या भएको थियो।

उनीहरुको हत्यामा छिमेकी तथा तेजबहादुरका भतिज पर्ने २५ वर्षीय लोकबहादुर कार्कीको संलग्नता रहेको प्रदेश नंम्बर १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीले जानकारी दिए।

गत सोमबार बिहान ६ देखि साढे ६ बजेको बिचमा हत्या भएको प्रहरीले जानकारी दिएको छ। लोकबहादुरले आवेशमा चिर्पट दाउराको प्रहारबाट परिवारको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरीले बताएको छ।

Facebook Comments Box