शीतलहरपछि खुलेको दाउन्ने सडकमा जाम

काठमाडौँ – शीतलहरका कारण प्रभावित भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड सञ्चालनमा आए पनि सवारी जामको समस्या देखिएको छ । सडकमा सवारी साधनको चाप अत्यधिक हुनुका साथै सीमित गतिमा मात्र सवारी सञ्चालन गर्नुपर्दा जाम लागेको हो ।

हाल पालैपालो दुवैतर्फी सवारी साधन सञ्चालन गरिएको छ । तर दाउन्ने क्षेत्रका बतासेडाँडा, सुख्खा खोला र बाँसखोला आसपास सडकको अवस्था खराब भएकाले सवारी साधन पास हुन समय लागिरहेको छ ।

दाउन्ने क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा रहेको र शीतलहरका कारण सडक सतह चिप्लो बनेपछि विशेष गरी ठूला सवारी साधन सञ्चालनमा समस्या आएको प्रहरीले जनाएको छ । मौसममा सुधार नआएसम्म यस सडक खण्डमा सवारी आवागमन प्रभावित भइरहने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।

Facebook Comments Box