नेपाल समाजवादी कांग्रेसले हिन्दुराज्य स्थापना र संघीयता खारेजीका लागि कात्तिक २९ गते साँस्कृतिक र्याली गर्ने
काठमाडौँ, २४ कात्तिक – हिन्दु राज्य स्थापना, संघीयता र धर्म निरपेक्षता खारेजी तथा विश्वशान्तिको माग गर्दै आएको नेपाल समाजवादी कंग्रेसले काठमाडौंमा फरक प्रकारले आन्दोलन गर्ने भएको छ ।
देशमा संघीयता तथा धर्म निरपेक्षता खारेजी र राजासहितको प्रजातन्त्र लगायतका मुद्दा उठाउँदै चरण् बद्ध आन्दोलन गर्दै आएको समाजवादी कांग्रेसले आफ्नो माग पूरा गराउन काठमाडौंमा फरक शैलीले प्रदर्शन गर्न लागेको छ ।
समाजवादी कंग्रेसले कात्तिक २९ गते काठमाडौंमा पञ्चकन्यासहित, स्वस्ती बाचन, पन्चे बाजा , विभन्न झाकी , शंखधोनी विभिन्न धार्मिक आस्थाका गुरु, सहभागी गराएर प्रदर्शन गर्दैछ। अहिलेसम्म विभिन्न राजनीतिक पार्टीले सडकमा हजारौ कार्यकर्ता उतारेर संघर्ष गर्ने गरेको भए पनि यसरी सबै प्रकारका व्यक्तिहरु सहभागी गराएर आन्दोलन गरेको भने पाइएको छैन ।
पार्टीले पहिलो पंक्तिमा पञ्चकन्या, दोस्रो पंक्तिमा पञ्चे बाजा, तेस्रो स्वस्ती बाचक, चौथो पंक्तिमा मुस्लिम समुदाय, पाँचौमा बौद्धिष्ट धर्म गुरुहरु सहभागी गराउने छ भने त्यसपछि मात्रै सो पार्टीका कार्यकर्ता सहभागी बन्ने छन् । सो कार्यक्रममा क्रिष्चयन धर्मलम्बीहरुलाई भने नबोलाइने नेपाल समाजवादी कंग्रेसका सचिव मानबहादुर गुरुङले बताए ।
पार्टीले यसअघि पनि काठमाडौंमा पटकपटक सडक आन्दोलन गर्दै आएको छ । असार १५ मा विभिन्न चरणमा आन्दोलन गर्ने घोषणा गरेको थियो ।
नेपाल समाजवादी कंग्रेस अध्यक्ष गोबिन्द निरौलाले देशमा राजनीतिक परिवर्तनका लागि सबै शक्ति एक हुनुपर्ने आवश्यकता रहेकाले त्यसको प्रतिकात्मकरुपमा सांस्कृतिक र्यालीको आयोजना गरिएको बताए ।
अहिले राज्य व्यवस्था ठिक नभएको र यो व्यवस्थाले नेपालको समब्रिधि लागि केहि नहुने बरु नेताहरुको व्यवस्थापन मात्र भएको , राज्यको स्रोत साधनको बढी खपतको भएको अध्यक्ष निरौलाले बताए ।
अध्यक्ष निरौलाको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष पुष्पा राणा घलेले साँस्कृतक र्यालीको तयारीको विषयमा जानकारी गराएकी थिइन् ।
अध्यक्ष निरौलाले सम्पूर्ण हिन्दु र देश भक्ति सबै नेपालीहरुलाई र्यालीमा सहभागी हुन्नलाई आग्रह गर्नु भएको छ। यो आन्दोलन नै भए पनि फरक तरिका अपनाएको र सबै धर्म ,जाति , सांस्कृतिको पनि महत्व बढ्ने , सबै धर्मको पनि सम्मान हुने समाजवादी कंग्रेसका अध्यक्ष गोबिन्द निरौला बताए ।

