आज देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहि बाँकी स्थानमा मौसम सामान्यतय सफा रहने

काठमाडौं, २१ कात्तिक – मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भेगमा आंशिक देखि सामान्यसम्म बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतय सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली तथा अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ।

त्यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box