काठमाडौँ उपत्यकामा १३७ जना सहित देशभर थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १९ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३७ जना सहित देशभर थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८४, भक्तपुरमा १९ र ललितपुरमा ३४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ३ हजार २५९ आरटी पीसीआर तथा ३ हजार १२५ एन्टीजेन परिक्षण सहित ६ हजार ३८४ जनाको परिक्षण गर्दा थप ३५६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ९१० रहेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार ८९० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५१८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९३ हजार ७८९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४३६ रहेको छ

Facebook Comments Box