टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग बंगलादेशलाई ८ विकेटले पराजित

काठमाडौँ, १९ कात्तिक – टी-२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा अस्ट्रेलियाले प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गर्दै बंगलादेशको टिम १५ ओभरमै केबल ७३ रनको स्कोरमा समेटिएको अवस्थामा अस्ट्रेलियाले सजिलै जित दर्ता गराएको हो।समूह ‘ए’ को यस भिडन्तमा अस्ट्रेलिया बंगलादेशविरुद्ध हरेक कोणमा हावी भयो। पहिले ब्याटिङ गरेको बंगलादेशका कुनै पनि ब्याट्सम्यानलाई अस्ट्रेलियन बलरले लामो सयम टिक्न दिएनन्।

अस्ट्रेलियाको तर्फबाट एडम जान्पाले ५ विकेट लिए। जवाफमा अस्ट्रेलियाले बंगलादेशले दिएको लक्ष्य केबल ६.२ ओभरमा भेट्टायो। एरोन फिन्चले २० बलमा ४० रनको विस्फोटक पारी खेले। अर्कातिर डेभिड वार्नरले ४० रन बनाए। मिशेल मासले ५ बलमा १६ रन जोडे।

बंगलादेशका कोही बलरले प्रभाव छाड्न सकेनन्। चार खेलमा तीन जीतका साथ अस्ट्रेलियाले आफ्नो रन रेट दक्षिण अफ्रिकाभन्दा माथि पुर्‍याएको छ।

दक्षिण अफ्रिकाले पनि अहिलेसम्म चार खेलमा तीनमा जित निकालेको छ। बंगलादेशले अहिलेसम्म पाँचवटा खेल खेल्दा सबैमा पराजय भोगेको छ।

Facebook Comments Box