सिन्धुपाल्चोक जिल्लाको लिशांखु पाखर गाउँ पालिका सभापतिमा भिम लामाको दाबेदारी पेस

सिन्धुपाल्चोक, १६ कात्तिक – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेसन बिभिन्न जिल्लाको क्रियाशील विवादले गर्दा सर्दै आएको छ।
यस्तै सिन्धुपाल्चोक जिल्ला पनि क्रियाशील विवादबाट अछुतो रहेन। दशैँ अगि सकीसक्नु पर्ने पालिका,वडा अधिबेशन अहिलेसम्म सकिएको छैन।

असोज १८ गते हुनु पर्ने पालिका अधिबेशन अब कार्तिक ३० गते हुने कार्यतालिका छ। अधिबेशन कार्यतालिका आएसंगै नेताहरु आफ्नु आफ्नु टिम बलियो बनाउन र दाबेदारी बलियो बनाउन वडा , पालिका धाउने क्रम सुरु भएको छ।

यस्तै  सिन्धुपाल्चोक जिल्लाको लिशांखु पाखर गाउँ पालिकाको वडा १, ठुलो धदिङ्गबाट पालिका अधिबेशनमा भिम लामाले सभापतिमा दाबेदारी पेस गर्नुभएको छ।

भिम लामा राजनीतिक रुपमा नेपाली कांग्रेस ठुलो धदिङ्ग सक्रिया हुनु हुन्छ। भिम लामा वडा १, ठुलो धदिङ्गका इकाई सभापति चन्द्र कुमार लामाका छोरा हुनु हुन्छ ,राजनीतिक रुपमा परिवारनै नेपाली कांग्रेस सक्रिय रहनु भएको छ। अब हुने पालिका अधिबेशनमा सभापतिमा सर्वसमत् हुनेमा बिस्वस्त रहेको लामाले बताउनु भएको छ।

Facebook Comments Box