आइसिसि टि २० विश्वकप क्रिकेटमा इंल्याण्डसँग बंगलादेस ८ विकेटले पराजित
काठमाडौँ, १० कात्तिक – आइसिसि टि २० विश्वकप क्रिकेट अन्तरगत आज भएको पहिलो खेलमा इंल्याण्डले बंगलादेसलाई ८ विकेटले हराएको छ ।
अवु धावीको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको वांगलादेसले निर्धारित २० आभरमा ९ खेलाडी गुमाएर १२४ रन बनाएको थियो । वांगलादेसकालागी मुसफिर रहमानले २९, महमदुल्ला र नासिम महमदले १९-१९ रनको योग्दान दिनुभयो ।
इंल्याण्डकालागी टिमाल मिल्सले ३ विकेट लियम लिविंगस्टन र मोइन खानले २-२ विकेट र क्रिस वोक्सले १ विकेट लिनुभयो । १२५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको इंल्याण्डले १४.१ ओभरमा २ विकेटको क्षतिमा निर्धारित लक्ष पुरा गरि खेल ८ विकेटले जितेको हो ।
इंल्याण्डलका लागी जेसन राय ६१, डेविट मिलानले २८ तथा जस वटलरले १८ रन बनाउनु भयो । त्यस्तै बंगलादेसका लागी शेफल इस्लाम र नासिर अहमदले १-१ विकेट लिनुभयो ।

