आगामी मंसिरदेखि विद्युतको महसुन घट्ने
काठमाडौं, १० कात्तिक – आगामी मंसिरदेखि विद्युतको महसुन घट्ने भएको छ। प्राधिकरणको निर्यातबाहेक अन्य उपभोक्ताका हकमा औसत १.०४ प्रतिशतले घट्नेगरी आयोगले नयाँ महसुल दर निर्धारण गरेको हो। विद्युत उपभोग बढाउन प्राधिकरणले महसुल औसत २.८४ प्रतिशतले घटाएको हो।
विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युतको नयाँ महसुल दर कायम गरेको हो।
सोमबार बसेको आयोगको बैठकले मंसिरदेखिको विद्युत खपत र २०७८ पुसदेखि बिलिङमा लागू हुनेगरी विद्युत उपभोक्ता महसुल दर निर्धारण गरेको छ।
Facebook Comments Box

