टि २० विश्वकपमा साउथ अफ्रीकाले वेस्ट इन्डिजलाई ८ विकेटले हरायो

काठमाडौँ, ९ कात्तिक – टि २० विश्वकप क्रिकेट अन्तरगत आज भएको पहिलो खेलमा वेस्ट इन्डिजलाई साउथ अफ्रीकाले ८ विकेटले हराएको छ ।

दुवइको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्ट इन्डिले निर्धारित २० आभरमा ८ खेलाडी गुमाएर १४३ रन बनाइ १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वेस्ट इन्डिकालागी इभिन लुइसले ५६, करन पोलाडले २६ रनको योग्दान दिनुभयो ।

साउथ अफ्रीकाकालागी डुइन प्याटेसले ३ विकेट केशव महाराजाले २ विकेट तथा किगासो रवाडा र इरोन नोर्टेजले १-१ विकेट लिनुभयो ।
१४४ रनको लक्ष्य लिएर मैदानमा उत्रेको साउथ अफ्रीकाले १८.२ ओभरमा २ विकेटको क्षतिमा निर्धारित लक्ष पुरा गरि खेल ८ विकेटले जित्यो ।

साउथ अफ्रीकाकालागी एडिन म्यक्रामले ५१, रेज्भ्यान डस डसेजले ४३ तथा रेजा ह्यान्ड्क्सिले ३९ रन बनाउनु भयो । त्यस्तै वेस्ट इन्डिकालागी एकेल हुसेनले १ विकेट लिनुभयो ।

त्यस्तै आजको दोस्रो खेल न्युजरल्याण्ड र पाकिस्तान विच भैरहेको छ ।

Facebook Comments Box