आज देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहि एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना
काठमाडौँ, ८ कात्तिक – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र बाँकी स्थानमा आंशिक मात्र बदली छ। यतिबेला पानी कतै परेको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
प्रदेश नं १ , बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। मौसम महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ।

