एकीकृत समाजवादीमा आबद्ध भएका पाँच नेता पुनः पुरानै पार्टी नेकपा एमालेमा फर्किए
प्युठान, ८ कात्तिक – प्युठानमा पहिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएका पाँच नेता पुनः पुरानै पार्टी नेकपा एमालेमा फर्किएका छन्।
२०७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा प्युठान क्षेत्र नम्बर २ बाट विजयी हीराबहादुर केसीलाई एकीकृत समाजवादीले आफ्नो केन्द्रीय अनुशासन आयोगको सदस्य बनाएको थियो। तर उनले विज्ञप्ति नै जारी गरी आफू एमालेमै रहने बताए।
यसैगरी एमाले फुटेपछि एकीकृत समाजवादीमा आबद्ध भएका नेता शोभाराम भण्डारी, पार्टीका प्युठान जिल्ला सचिव दीपेन्द्र केसी तथा जिल्ला सदस्यहरू धर्मराज भण्डारी र तिलबहादुर घर्ती पनि पुरानै पार्टीमा फर्किएकाे एमालेले जनाएकाे छ।
Facebook Comments Box

