सेयरबजार आज दोहोरो अंकले बढ्यो

काठमाडौँ, ३ कात्तिक – सेयरबजार आज दोहोरो अंकले बढेको छ। बजार परिसूचक नेप्से ६०.५६ अंकले र सेन्सिटिभ सूचक १२.०९ अंकले बढेको हो।

सूचक बढे पनि आज कारोबार रकम साढे २ अर्ब मात्रै छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २ सय १७ कम्पनी कारोबारमा सामेल भएकामा ६१ लाख कित्ता सेयर बिक्री भएका छन्।

आज १३ वटै उपसूचक हरियो छन्। सेयरबजारमा ८ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। लगानीकर्ताहरुले आज ४.९६ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।

आज सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ। बैंकको ९ करोडको कारोबार भएको हो। त्यस्तै हिमालयन डिस्टिलरीको ७ करोडको सेयर कारोबार भएको छ।

Facebook Comments Box