पर्सामा क्षतिको आँकलन : नेपाल टेलिकममा तीन करोड बराबरको नोक्सानी

वीरगञ्ज (पर्सा), ३० भदौ – गत भदौ २४ गतेको आन्दोलनका क्रममा वीरगञ्जस्थित नेपाल टेलिकमको कार्यालयमा तोडफोड र आगजनी हुँदा करिब रु तीन करोड बराबरको क्षति भएको छ ।नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहका अनुसार घण्टाघरस्थित कार्यालय आन्दोलनकारीको पहिलो निशाना बनेको हो । “अराजक समूहले कम्प्युटर, प्रिन्टरसहितका महत्त्वपूर्ण उपकरण जलाइदिए,” उहाँले बताउनुभयो, “महसुल काउन्टरमा विशेषगरी ठूलो क्षति पुगेको छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी सम्पत्तिमा भएको तोडफोडको निष्पक्ष मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय र सवारीसाधनमा अपूरणीय क्षति भएको छ ।

त्यसको विवरण पारदर्शी र यथार्थपरक बनाउन श्रव्य–दृश्य प्रमाणसहित मुचुल्का तयार गर्न आदेश दिइएको छ ।” वीरगञ्ज महानगरपालिका, आन्तरिक राजस्व कार्यालयसहितका विभिन्न सरकारी निकायमा पनि व्यापक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments Box