काठमाडौँ उपत्यकामा २५० जना सहित देशभर थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५० जना सहित देशभर थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १९२, भक्तपुरमा २३ र ललितपुरमा ३५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २२ आरटी पीसीआर तथा १ हजार ४४० एन्टीजेन परिक्षण सहित ८ हजार ४२६ जनाको परिक्षण गर्दा ६६२ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ७४८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ७५८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३१८ रहेको छ ।

Facebook Comments Box