काठमाडौँ उपत्यकामा ३५४ जना सहित देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५४ जना सहित देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४३, भक्तपुरमा २४ र ललितपुरमा ८७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार १४० आरटी पीसीआर तथा १ हजार ७७६ एन्टीजेन परिक्षण सहित ९ हजार ९१६ जनाको परिक्षण गर्दा १ हजार ९६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ८६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८३ हजार ३९७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३०५ रहेको छ ।

Facebook Comments Box