काठमाडौँ उपत्यकामा २९४ जना सहित देशभर थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २९४ जना सहित देशभर थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २६४ आरटी पीसीआर तथा ३ हजार ४०८ एन्टीजेन परिक्षण सहित १० हजार ६७२ जनाको परिक्षण गर्दा ८०५ संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ७२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ९११ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार २०० रहेको छ ।

Facebook Comments Box