काठमाडौँ उपत्यकामा ३०२ जना सहित देशभर थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १९ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३०२ जना सहित देशभर थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ५८२ आरटी पीसीआर तथा ४ हजार ४६० एन्टीजेन परिक्षण सहित १६ हजार ४२ जनाको परिक्षण गर्दा ९६८ संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ९१ हजार २२४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ११४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ७१ हजार ३३८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार १८० रहेको छ ।

Facebook Comments Box