युट्युबमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा चार जना पक्राउ
काठमाडौँ, १३ असोज – युट्युबमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार वटा युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, हरेकपलको खबरका सञ्चालक नुवाकोटका वर्ष २७ को शिशिर अधिकारी, सराइचुली मिडियाका सञ्चालक मोरङकी ३५ वर्षीय पिंकला कार्की र मोडर्न अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखाको २४ वर्षीय रोधन तामाङ रहेका छन्। उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

