ईपीएलमा आज काठमाडौं किंग्स इलाभेन र पोखरा राइनोज भिड्दै

काठमाडौँ, १२ असोज – काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज एउटा मात्र खेल हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किंग्स इलाभेन र पोखरा राइनोज भिड्दै छन्।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो भने पानी परेका कारण सोमबार विराटनगर वारियर्ससँगको प्रतिस्पर्धा स्थगन भएको थियो। यस्तै विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र भैरहवा ग्लाडिएटर्सबीचको खेल पनि वर्षाका कारण बीचमै रोकिएपछि अंक बाँडिएको थियो।

Facebook Comments Box