आज देशभर आंशिक बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
काठमाडौँ, १० असोज – हाल देशभर आंशिक देखि सामान्य बदली छ भने गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Facebook Comments Box

