दसैंका लागि आज देखि नयाँ नोट साट्न पाउने

काठमाडौं, ४ असोज – दसैंका लागि आज देखि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ। कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिइलाएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका साथै अन्य बैंकले पनि आफ्ना ग्राहकलाई नयाँ नोट सटहीको व्यवस्था गरेका छन्। यसका लागि वाणिज्य बैंकहरूले ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकले जनाएको छ।

आफ्ना प्रधान कार्यालय वा अन्य तोकिएका शाखाबाट नयाँ नोट लिन सकिने बैंकहरूले जनाएका छन्। राष्ट्र बैंकले आजदेखि राजधानीमा बालुवाटारस्थित कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका कार्यालयबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।

केही विकास बैंक र फाइनान्स कम्पनीले समेत नयाँ नोट वितरणको व्यवस्था मिलाइएको जनाएका छन्। राष्ट्र बैंकले १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँका नोट साट्ने व्यवस्था गरिएको जनाएको छ। बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिइनेछ।

Facebook Comments Box