काठमाडौँ उपत्यकामा ४ हजार १९८ जना सहित देशभर थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जना सहित देशभर थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १८ हजार ७८७ जनाको आरटी पीसीआर तथा ५०६ जनाको एन्टीजेन सहित १९ हजार २५३ जनाको परिक्षण गर्दा ८ हजार ८५० जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ९४ हजार ७४० रहेको छ भने सक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ४१९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार २२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ९९ हजार ४७० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण  आज ५२ जना र विभिन्न ठाँउमा छुटेका  सहित गरी ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ७२० रहेको छ ।

Facebook Comments Box