आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ

काठमाडौं, ४ असोज – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भेगमा आंशिक देखि सामान्य सम्म बदली र तराईमा आंशिक बदली रहेकाे छ।

आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box