राष्ट्रपतिद्वारा आह्वान गरिएको सर्वदलीय बैठकमा शीर्ष नेताहरूको सहभागिता


काठमाडौँ, २४ असोज – राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विभिन्न दलका शीर्ष नेताहरू शितलनिवास पुगेका छन्। राष्ट्रपति पौडेलको सक्रियतामा बसेको उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका सबै मन्त्रीहरूको उपस्थिति रहेको छ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका छन्। नेकपा (एमाले) बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्वउपमहासचिव वर्षमान पुन सहभागी भएका छन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा बैठकमा उपस्थित छन्। नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी भएका छन्।

जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र डा. जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी तथा नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती पनि बैठकमा सहभागी छन्।

Facebook Comments Box