एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष सुनिता बराल र वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने
काठमाडौँ, २ असोज – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बरालले पाएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा शनिबार भएको केन्द्रीय सचिवालय बैठकबाट बराल अध्यक्षमा चयन भएकी हुन्।
त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछानेले जिम्मेवारी पाएका छन्। सचिवालय बैठकले यो संगठनको उपाध्यक्षमा कल्पना वाइवालाई चयन गरेको छ। संगठनको महासचिवमा समिक बडाल आएका छन्।
वरिष्ठ उपाध्यक्ष लामिछानेका अनुसार संगठनको सम्मेलन आगामी चैतमा हुने भएको छ। यसअघि नबीना लामा संघीय सांसद भएपछि अध्यक्ष बनेका ऐन महरले विद्यार्थी संगठनबाट बिदा लिएका छन्।
Facebook Comments Box

