काठमाडौँ उपत्यकामा ४३३ जना सहित देशभर थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २४ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३३ जना सहित देशभर थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३२९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ८९८ आरटी पीसीआर तथा ३ हजार ४६ एन्टीजेन परिक्षण सहित ११ हजार ९४४ जनाको परिक्षण गर्दा १ हजार २७१ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ६० हजार ८०६ रहेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८४५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ९०३ रहेको छ

