काठमाडौँ उपत्यकामा ६०६ जना सहित देशभर थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २१ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६०६ जना सहित देशभर थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ६०९ आरटी पीसीआर तथा ४ हजार ३७० एन्टीजेन परिक्षण सहित १५ हजार ९७९ जनाको परिक्षण गर्दा १ हजार ८९७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ५६ हजार २१८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ७४३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ८५८ रहेको छ ।

